१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइ: महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनको बन्दोबस्त गरुे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताउनु भयो । उहाँले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्‍यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताउनु भयो । उहाँले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताउनु भयो ।

उहाँले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानूनलाई मिच्न नहुने बताउनु भयो । उहाँले राष्ट्रहीत विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताउनु भयो । महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताउनु भयो । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो परिवारको सदस्यलाई कानूनले समात्दा मलाई के लाग्छ, यो कानूनमा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । मेरो परिवारको सदस्यलाई दण्ड नभइदिएको भए हुन्थ्यो भन्ने हुन्छ । तर कानूनको शासनले के भन्छ, कानूनको शासनले तपाईको इच्छा के छ ? तपाईको चाहना के छ ? तपाईको आवश्यक्ता के छ ? त्यसका आधारमा निर्णयहरु हुँदैनन् । त्यसको एउटा प्रक्रिया हुन्छ । नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको छ । त्यो कानूनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानून मात्रै चल्छ । कानूनको शासन मात्रै हुन्छ ।

आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानूनलाई पनि मिचेर, थिचेर बलमिच्याँइ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौं । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ गर्‍यौँ । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’

महामन्त्री थापाले नेपाली काँग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताउनु भयो । उहाँले आजका युृवाहरुमा काँग्रेसप्रति निराशा हुनुको मुल कारण सत्ता र सरकारका लागि काँग्रेसले मरिमेट्नु रहेको उल्लेख गर्नुभयो । यस्ता गल्ती गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने बताउनु भयो । उहाँले पार्टीमा अब पनि यस्ता गल्तीहरु स्वीकारेर अघि नबढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यो काँग्रेस जसले मर्ला सत्ता चाहिँदैन, मलाई सिद्धान्त प्यारो छ भनेर ३० वर्ष पञ्चायतसँग संघर्ष गर्‍यो । त्यो काँग्रेस जुन ज्ञानेन्द्र शाहले गराएको निर्वाचनमा म जान्न भन्यो, चुनावमा अस्ति भर्खर २०६० सालमा होइन ? मेयर, उपमेयर, वडा अध्यक्ष बन्दैन थियौँ, हामी यो चुनावमा भाग लिँदैनौँ किनकी यो चुनाव चुनाव होइन भन्यो । त्यो काँग्रेसको इमेज अहिले के भयो ? काँग्रेसका लागि सरकार सबै कुरा हो । काँग्रेसका लागि सत्ता सबैकुरा हो ।

सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मुल कारण यही हो । गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्छ । अरु बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ, नेपाली काँग्रेस पार्टीले त्यहीँबाट शुरु गर्छ, पार्टीले गरेको गल्ती स्वीकार्दै आम जनतासँग माफी माग्दै आम पार्टीका सदस्यसँग माफी माग्दै यो काँग्रेस पार्टीले घोषणा गर्छ, यो काँग्रेसले अब जीवनमा चुनाव हारे हारिन्छ, दुई, तीन पटक हारे हारिन्छ, तर चुनावअघि जीवनमा कहिल्यै गठबन्धन गर्दैन । सडकमा बस्नुपरे बस्नुपर्ला । तर गल्ती गर्दैन ।’

महामन्त्री थापाले नेपाली काँग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिवद्धता जनाउनु भयो ।




भर्खरै