६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगल नै नभएका देशहरु



अ+ अ-

एजेन्सी । रूख र बोटबिरुवाहरूले हाम्रो वातावरणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । रुखहरूले पृथ्वीको फोक्सोको रूपमा काम गर्छन्, मानव र अन्य जनावरहरूले छोड्ने कार्बनलाई अवशोषित गर्छन् र हामीलाई अक्सिजन दिन्छन् । यस बाहेक रुखहरूले पृथ्वीमा माटोको तहलाई कायम राख्न पनि मद्दत गर्दछ ।

जुन ठाउँमा रुख बढी हुन्छ, त्यहाँको वातावरण एकदमै स्वच्छ हुन्छ, त्यहाँका मानिसमा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम पनि कम हुन्छ । तर के तपाईलाई थाहा छ संसारमा यस्ता धेरै ठाउँ छन् जहाँ एउटा जंगल पनि छैन ? यहाँ हरियालीको नाम पनि छैन ।

१. ग्रीनल्याण्ड


नाम सुन्दा यो ठाउँ हरियालीले भरिपूर्ण होला जस्तो लाग्छ । जहाँ जताततै रुख र घना जंगल हुनेछन्, तर यथार्थमा त्यस्तो छैन । ग्रिनल्याण्डमा हजारौं माइलसम्म रुख देख्न सकिँदैन । यसलाई विश्वको सबैभन्दा ठूलो टापुको रूपमा चिनिन्छ, जहाँ चारैतिर हिमनदीहरू देखिन्छन् ।

२. कतार

सबैभन्दा ठूलो ग्यास भण्डारको लागि परिचित, यो देश साउदी अरब र फारसको खाडीले घेरिएको छ । जसको सम्पूर्ण क्षेत्र मरुभूमि हो । यहाँ एउटै बिरुवा पनि देखिँदैन । तेलको भण्डार र मोती उत्पादनका कारण यो देश धनी देशहरूमा गनिन्छ । तर, बिरुवाको अभावमा यो देश फलफूल र फूलका लागि पनि अन्य देशमा निर्भर छ ।

३. ओमान


धनी मुस्लिम देशमा परेको यो देशमा पनि रुख र बिरुवा देख्न पाइने छैन । दशकअघि यस देशमा वन क्षेत्र ०.०१ प्रतिशत मापन गरिएको थियो, जुन सन् १९९० पछि ०.० प्रतिशतमा झरेको छ । यस्तो अवस्थामा अहिले केही कृषि संस्थाले यहाँको २ हजार हेक्टर जमिनमा कृत्रिम रूपमा बिरुवा रोप्न थालेका छन् । योसँगै अन्य ठाउँमा पनि यो प्रयास सुरु भएको छ ।

४. अन्टार्कटिका


यो सूचीमा अन्टार्कटिका पनि परेको छ । अन्टार्कटिकाको ९८ प्रतिशत हिउँको बाक्लो पानाले ढाकिएको छ। यसलाई विश्वको सबैभन्दा चिसो ठाउँ मानिन्छ । गर्मी मौसममा पनि यहाँको तापक्रम चिसो रहन्छ । यस्तो अवस्थामा यता उता कुनै बिरुवा देखिँदैन ।