• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

जंगल नै नभएका देशहरु



एजेन्सी । रूख र बोटबिरुवाहरूले हाम्रो वातावरणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । रुखहरूले पृथ्वीको फोक्सोको रूपमा काम गर्छन्, मानव र अन्य जनावरहरूले छोड्ने कार्बनलाई अवशोषित गर्छन् र हामीलाई अक्सिजन दिन्छन् । यस बाहेक रुखहरूले पृथ्वीमा माटोको तहलाई कायम राख्न पनि मद्दत गर्दछ ।

जुन ठाउँमा रुख बढी हुन्छ, त्यहाँको वातावरण एकदमै स्वच्छ हुन्छ, त्यहाँका मानिसमा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम पनि कम हुन्छ । तर के तपाईलाई थाहा छ संसारमा यस्ता धेरै ठाउँ छन् जहाँ एउटा जंगल पनि छैन ? यहाँ हरियालीको नाम पनि छैन ।

१. ग्रीनल्याण्ड


नाम सुन्दा यो ठाउँ हरियालीले भरिपूर्ण होला जस्तो लाग्छ । जहाँ जताततै रुख र घना जंगल हुनेछन्, तर यथार्थमा त्यस्तो छैन । ग्रिनल्याण्डमा हजारौं माइलसम्म रुख देख्न सकिँदैन । यसलाई विश्वको सबैभन्दा ठूलो टापुको रूपमा चिनिन्छ, जहाँ चारैतिर हिमनदीहरू देखिन्छन् ।

२. कतार

सबैभन्दा ठूलो ग्यास भण्डारको लागि परिचित, यो देश साउदी अरब र फारसको खाडीले घेरिएको छ । जसको सम्पूर्ण क्षेत्र मरुभूमि हो । यहाँ एउटै बिरुवा पनि देखिँदैन । तेलको भण्डार र मोती उत्पादनका कारण यो देश धनी देशहरूमा गनिन्छ । तर, बिरुवाको अभावमा यो देश फलफूल र फूलका लागि पनि अन्य देशमा निर्भर छ ।

३. ओमान


धनी मुस्लिम देशमा परेको यो देशमा पनि रुख र बिरुवा देख्न पाइने छैन । दशकअघि यस देशमा वन क्षेत्र ०.०१ प्रतिशत मापन गरिएको थियो, जुन सन् १९९० पछि ०.० प्रतिशतमा झरेको छ । यस्तो अवस्थामा अहिले केही कृषि संस्थाले यहाँको २ हजार हेक्टर जमिनमा कृत्रिम रूपमा बिरुवा रोप्न थालेका छन् । योसँगै अन्य ठाउँमा पनि यो प्रयास सुरु भएको छ ।

४. अन्टार्कटिका


यो सूचीमा अन्टार्कटिका पनि परेको छ । अन्टार्कटिकाको ९८ प्रतिशत हिउँको बाक्लो पानाले ढाकिएको छ। यसलाई विश्वको सबैभन्दा चिसो ठाउँ मानिन्छ । गर्मी मौसममा पनि यहाँको तापक्रम चिसो रहन्छ । यस्तो अवस्थामा यता उता कुनै बिरुवा देखिँदैन ।