१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी



अ+ अ-

काठमाडौँ । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७० वर्ष पुगेको अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको हो ।

साथै आज देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघले प्रभातफेरी गरी कार्यक्रम मनाएको छ ।

संघका अध्यक्ष नीमानुरु शेर्पाले सन् १९५३ मे २९ तारिखमा आजकै दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिनलाई आधार बनाएर प्रत्येक वर्ष सगरमाथा दिवस मनाउने गरिएको बताउनु भयो। उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम गरेको बताउनु भयो । उहाँले नेपालमा पहिलो पटक मानव पाइला सगरमाथामा पुगेसँगै नेपालमा पर्वतीय पर्यटकको सुखद् शुरुवात भएको बताउनु भयो ।

उहाँले सगरमाथा दिवस मनाउन निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि निरन्तर राष्ट्रिय रुपमा मनाउँदै आएका बताउनु भयो । उहाँले सगरमाथा दिवसलाई विश्व व्यापीकरण गर्नका लागि नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरुमार्फत समन्वय गरिरहेको बताउनु भयो । उहाँले २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको बताउनु भयो । उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा अब नेपालको पर्वतीय पर्यटनको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको बताउनु भयो। उहाँले सरकारले पर्वतीय पर्यटक क्षेत्रको विकासमा विशेष प्राथमिकता दिए विश्वको पहिलो नम्बरमा नेपाल पर्नसक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मे २९, १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम भएको थियो । पर्वतीय पर्यटनको सुखद् शुरुवात भएको छ । एडभ्यान्चर पर्यटन नेपालमा बढेको छ । उहाँहरुले सगरमाथा आरोहण गरेको ७० वर्ष भएको छ । उहाँहरुको सम्झनामा एडभ्यान्चर पर्यटन नेपालमा कसरी विकास गर्न सकिन्छ । त्यसको संरक्षण गर्ने दायित्व हामीलाई आएकाले उहाँहरुको सम्झनामा सगरमाथा दिवस मनाउँदै आएका छौं ।

एडभ्यान्चर पर्यटनका विषयमा सरकारले विशेष ध्यान दिन सकेको भए विश्वमा एक नम्बरमा रहने अवस्था थियो । सरकारले नेपालको ब्राण्डिङको रुपमा विकास गर्न सकेको भए एडभ्यान्चर पर्यटनको हपको रुपमा विकास गर्न सकिने थियो । सगरमाथा दिवस बनाउनुपर्छ भनेर निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि मनाउँदै आएका छौं । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरु मार्फत प्रचारप्रसार गरिरहेका छौं । २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको छ । बिस्तारै अन्तर्राष्ट्रियकरण हुने क्रम पनि जारी छ ।’

अध्यक्ष शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धधन गर्न उपयोगी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटक आगमन बढाउने विश्वास रहेको बताउनु भयो । सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।