१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

प्रदीप पौडेलको खबरदारी: सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

प्रदीप पौडेलको खबरदारी: सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमवार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उहाँले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताउनुभयो ।

सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताउनु भयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरुको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने बताउनु भयो । उहाँले काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । सांसद पौडेलले नर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताउनु भयो । उहाँले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बद्नाम नगर्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालभर सार्वजनिक जग्गा कहाँ कहाँ छ, पहिला सरकारले पहिल्याउनुपर्छ । कहाँ छ र कसरी संरक्षण गर्ने भन्नेबारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ । स्थानीय सरकारसँगको समन्वयमा छ । मैले यसको पैरवी गर्ने र लागिपर्ने प्रतिवद्धता व्यक्त गर्छु । काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा कहाँ छ खोज्छौँ, र त्यहाँ वृक्षारोपण गर्ने प्रतिवद्धता व्यक्त गर्छौं । वृक्षरोपण गरेर सार्वजनिक जग्गा जोगाउनेछौँ । काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नेछौँ ।

र नागरिकको हीतको लागि प्रयोग गर्नेछौँ । यो जग्गाको सन्दर्भ जहाँसम्म छ, निर्मल लामा सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँलाई सम्मान गर्न उहाँको नाममा प्रतिष्ठान बनाएर व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन । केही मानिसको स्वार्थ पूरा गर्न उहाँको सम्मानित नाम बद्नाम गर्न पाइँदैन । राज्यले लगानी गरी पार्क बनाइ यसको नाम निर्मला लामा पार्क राख्छ भने आपत्ति भएन । तर यहाँ प्रतिष्ठान बनाएर सटर बनाइ केही मानिसले लाभ लिने र ४० वर्षसम्म लिजमा दिने कुरा किमार्थ स्वीकार हुँदैन । गणतन्त्र दिवसको दिन वृक्षारोपण गरेर हामीले यसको रक्षा गरेका छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ, यो हाम्रो हीतको लागि प्रयोग गरियोस्, यहाँका नागरिकको हीतको लागि प्रयोग गरियोस्, नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि प्रयोग गरियो भने हामी बाधक भएर आउनेछौँ । स्वार्थ पूरा हुन दिँदैनौँ ।’

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हीतका लागि प्रयो गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए आफू बिरोधमा उत्रिने पनि बताउनु भयो । सांसद पौडेलले वृक्षारोपण गरेको जग्गा आफ्नै पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री (अघिल्लो सरकार) भएको समयमा मन्त्रिपरिषदको बैठकले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो ।