• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ



काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो ।

कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ । यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ । स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गर्नुभएको छ ।

बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किनुभएको छ । कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ यस कृतिमा । यस कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको हो भने प्रकाशक उषा दाहाल हुनुहुन्छ ।

३७६ पृष्ठको यस उपन्यासको मूल्य ७०० रुपैयाँ राखिएको छ ।

दाहालका यसअघि ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’ कवितासंग्र्रह, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्र्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्र्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।