• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन ★   सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन: प्रदीप पौडेल ★   रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर ★   कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं ★   गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा ★   ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला ★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी ★   सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’ ★   राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने ★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’

आज गणतन्त्र दिवस



काठमाडौँ । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।

विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।-रासस