• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिगको अन्तिम खेलमा म्यान्चेस्टर सिटी हार्यो, लेस्टर रेलिगेशनमा



एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति एकै समयमा १० खेलहरु भए । लिग उपाधि जितेको म्यान्चेस्टर सिटी ब्रेन्टफोर्डसँग १–० गोलले पराजित हुँदा लेस्टर सिटीले वेस्टहाम युनाइटेडलाई २–१ गोलले पराजित गरेपनि रेलिगेशनमा पर्यो ।

एभर्टनले बर्नमाउथमाथि १–० गोलको जित निकालेसँगै लेस्टर रेलिगेशनमा परेको हो । २०१५/२०१६ सिजनको प्रिमियर लिग विजेता समेत रहेको लेस्टर सिटी च्याम्पियनसिपमा घटुवा भएको छ ।

लेस्टरसँगै लिड्स युनाइटेड र साउथह्याम्प्टन पनि रेलिगेशनमा परे । म्यान्चेस्टर सिटी, आर्सनल, म्यान्चेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्ने भए ।