२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक, आईपीएलको फाइनल आजलाई सर्यो



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको फाइनल आइतबार वर्षाका कारण हुन सकेन ।

अब च्याम्पियनको टुंगो रिजर्भ डे (सोमबार) लाग्नेछ । लगातारको वर्षाका कारण आइतबार टस पनि हुन सकेन । वर्षाले रंगशाला पोखरीमा परिणत भएको थियो ।

अम्पायरले दुवै टोलीका प्रशिक्षक र कप्तानसँग कुराकानी गरेपछि खेल नगर्ने निर्णय गरेका हुन् ।

राति ११ बजे वर्षा रोकिए पनि मैदान खेल्न योग्य बनाउन कम्तिमा एक घण्टा लाग्ने थियो । त्यसपछि खेल भएको भए दुवैले पाँच–पाँच ओभर मात्र खेल्ने थिए । अम्पायरले दुवै टोलीका प्रशिक्षक र कप्तानसँग कुराकानी गरेपछि खेल स्थगित गरेका हुन् ।

अब आज सोमबार रिजर्भ डेमा फाइनल सोही समयमा (साँझ ७ः४५ बजे) खेलाइनेछ । गएराति नौ बजे वर्षा रोकिएको थियो र मैदान लगभग खेल्न योग्य बनाइसकेको थियो तर फेरि पानी परेपछि खेल हुन नसकेको हो ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो । यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ । नरेन्द्र मोदी स्टेडियम पहिले सरदार पटेल स्टेडियम, मोटेरा भनेर चिनिन्थ्यो ।

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगितामा प्रवेश गरेको छ ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ जित र पाँचमा हार बेहोरेको छ ।

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा चार खेल भएका छन् जसमा गुजरातले तीन पटक र चेन्नईले एक पटक जित हात पारेको छ ।