• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को निर्णयविरूद्ध सर्वोच्चमा रिट



काठमाडौँ । रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

२०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले उक्त सिफारिस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट लगेकी हुन् ।

रेशम चौधरीलाई सजाय माफी दिने सिफारिस गर्न मन्त्रिपरिषद्ले गरेको निर्णय खारेज गरिपाउँ भनि रिटमा उल्लेख गरिएको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति चौधरीलाई माफी भएमा उनी भोलि (सोमबार) छुट्नेछन् ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो ।