• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते ★   इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान ★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान ★   सहिद लखन थापाको सालिक निर्माण ★   इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै ★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो ★   तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा ★   इलाम २ को मतगणना आज बिहानबाट थालिने ★   आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो ★   नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी रू नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल रू आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रू आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रू सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।