५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहमदाबादमा वर्षा, आज आईपीएलको फाइनल यहीँ हुँदैछ



अ+ अ-

एजेन्सी । चर्को गर्मीकाबीच गुजरातको मौसममा अचानक परिवर्तन भएको छ । आगामी २ दिन मध्य गुजरात, उत्तर गुजरात र सौराष्ट्रमा पानी पर्ने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारदेखि उत्तरी गुजरातमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहमदाबादमा पनि हल्का वर्षाको सम्भावना छ, जसका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल खतरामा परेको छ ।

अहिले सहरमा हावाहुरी चलिरहेको छ भने केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।

मौसम विभागले अहमदाबाद लगायत सम्पूर्ण जिल्लामा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको हावाको गतिमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यदि आज फाइनलमा वर्षा वा अन्य कुनै कारणले एक बल पनि नफ्याँकी फाइनल खेल हुन सकेन भने गुजरात टाइटन्स विजयी हुनेछ ।

आईपीएलको नियम अनुसार २०–२० ओभरको खेल वर्षाका कारण हुन नसकेमा पाँच ओभरको बनाइनेछ भने पाँच ओभरको खेल नभएमा एक ओभरको सुपर ओभर हुनेछ ।

त्यसपछि एक ओभर पनि हुन सक्ने अवस्था नआएमा अंक तालिकामा बढी अंक जोडेको टोली विजेता बन्नेछ । लिग चरणमा गुजरात २० अंकका साथ शीर्ष स्थानमा थियो भने चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रह्यो ।