२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुहागरातको भोलिपल्ट नै पति हाइटेन्सन टावरमा चढे, पत्नीले बोलाउँदा पनि झर्न मानेनन्



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको मध्य प्रदेशको शहडोल जिल्लामा रहेको पापोन्ड प्रहरी चौकी अन्तर्गतको तिखवा गाउँमा अचम्मको घटना घटेको छ ।

विवाहको भोलिपल्टै एक युवक हाईटेन्सन लाइनको टावरमा चढेका थिए । परिवारले तल ओर्लन भन्दा उनले लाइन छोएर ज्यान मार्ने धम्की दिन थाले । धेरै प्रयासपछि प्रहरीले उनलाई काउन्सिलिङ गरेर तल ल्यायो ।

शहडोल जिल्लाको पापोन्ड थाना क्षेत्र अन्तर्गत तिखवाका २२ वर्षीय मनोजका बुबा मणिसिंह गोण्ड गत २२ मेमा नजिकैको गाउँ गएका थिए । २३ मेमा दुलहीलाई बिदा गरेर घर ल्याइयो । भोलिपल्ट बुधबार दिउँसो मनोज खाजा खाँदै थिए ।

उसको बुवासँग कुनै कुरामा झगडा भयो । यसबाट रिसाएर उनी घर नजिकैको हाई टेन्सन लाइनको टावरमा चढे । आफन्तले पछाडीबाट फोन गरिरहे तर मनोज यति रिसाए कि उनले नयाँ बेहुलीको कुरा पनि सुनेनन् । घटनाबारे आफन्तले प्रहरीलाई जानकारी गराए ।

स्टेसन इन्चार्ज मोहन पदवार, सहायक उपनिरीक्षक गुलाब सिंह र हेड कन्स्टेबल रियाज खान घटनास्थल पुगेका थिए । धेरै मिहिनेतपछि उनलाई मनाउँदै तल ल्याइएको स्टेसन इन्चार्जले बताए । बुवाको कुराले मनोज रिसाएको प्रहरीले जनाएको छ । सोही कारण उच्च तनावले उनी टावर चढेका थिए । उनलाई सकुशल तल ल्याइयो ।

मनोज चढेको हाई टेन्सन लाइन ३३ हजार केभीको थियो । मनोज सो टावरबाट ७० फिट माथि चढेका थिए । लामो समयसम्म उनले लाइन छोएर ज्यान मार्ने धम्की दिइरहेका थिए । तल आउन पनि तयार थिएनन् । प्रहरीले उनलाई सल्लाह दियो । त्यही क्रममा बुवाले माफी मागेपछि उनी बल्ल तल ओर्लिए ।