• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

प्रदेश नामकरण विवाद: विराटनगरको देवकोटा चोकमा तनाव, प्रहरीबाट अश्रुग्याँस प्रहार



विराटनगर । प्रदेश १ को नाम कोशी राखिएकोमा विरोध गर्दै आएका आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि स्थिति तनावग्रस्त भएको छ ।

प्रदेशसभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। सो क्रममा प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुन: नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रङको पोशाक र हेलमेट प्रयोग गरेका थिए ।

प्रदेशसभाको बजेट अधिवेशन आइतबार दिउँसो २ बजे बोलाइएको छ । प्रदेशसभालाई विथोल्न आन्दोलन घोषणा गरेपछि प्रहरीले प्रदेशसभा र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिलोपटक बैठक बस्न लागेको हो ।