२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसान र गोठालाबीचको भिडन्तमा दश जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी चाडमा गोठाला र किसानहबीच भएको झडपमा १० जनाको मृत्यु भएको एक जना स्थानीय गभर्नरले बताएका छन् ।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्वर सीमा क्षेत्रमा प्रायः मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप हुुनुको प्रमुख कारण खेतबारीमा लगाएको बालीमा वस्तुभाउ चराउँदा हुने गरेको छ ।

गोठालाहरूले आफ्ना गाईवस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानहरूले लगाउँने गरेका छन्भने गोठालाहरूले त्यहाँ आफ्ना वस्तुभाउ चराउनु आफ्नो परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।

हिंसाको पछिल्लो कारण गत बिहीबार एक जना १२ वर्षीय गोठालाले आफ्ना गाईवस्तुलाई किसानको बदाम खेतमा लगेपछि भएको हो । त्यस क्रममा गोठाला र किसानबीच झगडा भयो । झगडा झडपमा परिणत भएपछि ती १२ वर्षे गोठाला मारिए ।

मडोल क्षेत्रका गभर्नर अदोम फोर्टे अमाडोका अनुसार उनका आमाबाबुले बदला लिन नौ किसानको हत्या गरे । यो घटना राजधानी एनजामेनाबाट छ सय किलोमिटर दक्षिणपूर्वमा भएको हो । हत्यामा संलग्नलाई पक्राउ गरिएको छ ।