१५ भाद्र २०८३, सोमबार
,
Latest
शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’को उपाधि



अ+ अ-

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार सम्पन्न उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा सम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

उनलाई अघिल्लो वर्षकी मिस नेपाल उपाधि विजेता प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराइदिइन् ।

ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् । साथै १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ ।

काठमाडौँकी स्थायी बासिन्दा रहेकी मिस नेपाल उपाधि विजेता प्रधान वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।