१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेपछि दुखी भइन् उनकी पहिलो पत्नी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आशिष विद्यार्थीले हालै फेसन डिजाइनर रुपाली बरुवासँग विवाह गरेका छन् । अभिनेताको यो दोस्रो विवाह हो ।

आशिषले यसअघि अभिनेत्री राजोशी उर्फ ​​पीलु विद्यार्थीसँग विवाह गरेका थिए र उनीहरु दुवैको एउटा छोरा छन् । पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने आशिष र रुपालीले एक क्लबमा कोर्ट म्यारिज गरेका थिए जसमा उनीहरुको परिवार र नजिकका साथीहरु पनि उपस्थित थिए ।

यसैबीच, आशिषकी पहिलो पत्नी पीलु विद्यार्थीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अनौठो पोस्ट सेयर गरेकी छिन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गर्दै पीलुले लेखेकी छिन्, ‘याद राख्नुहोस्, सही व्यक्तिले तपाईलाई उनीहरुका लागि के भन्न खोजेको हो भनेर कहिल्यै सोध्ने छैन । उसले त्यस्तो कुनै काम कहिल्यै गर्नेछैन, जसले तपाईलाई पीडा दिन्छ किनभने उसलाई यो थाहा हुनेछ ।’

आशिषको विवाहको तस्बिर सार्वजनिक भएको केही घण्टापछि अभिनेत्रीले यसप्रकारको पोस्ट सेयर गरेकी हुन् । पीलु प्रसिद्ध अभिनेत्री शकुन्तला बरुआकी छोरी हुन् ।

अर्कोतर्फ ६० वर्षको उमेरमा दोस्रो विवाह गरेकोमा आशिषले भने, ‘जीवनको यो चरणमा रुपालीसँग बिहे गर्नु मेरो लागि फरक अनुभूति हो । हामीले बिहान अदालती विवाह गरेका थियौं र बेलुका नजिकका मानिसहरूका लागि गेट टुगेदरको आयोजना गर्‍यौं ।’

आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।