४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

म किन हिन्दू हूँ ?

म किन हिन्दू हूँ ?
अ+ अ-

हिमालमा तातेताते गरेर, हिउँमा खेलेर, हिमालयको पानी पिएर, हिमपहिरोसँग दौडिएर, हिउँका बर्षालाई शिरमा बोकेर हुर्केको हुनाले म हिन्दू हूँ ।

हिन्दमहासागर मेरो आँगनमा नाच्छ, हिन्दकुस पर्वत मेरो करेसामा उभिन्छ, हिउँ मेरो पिँढीमा पग्लन्छ, हिमपर्वतहरू मेरो घरको गारो बन्छन्, सगरमाथा छानो हुन्छ अनि ममा हिन्दूको सुगन्ध आउँछ । गाईको सन्तानलाई बाच्छा–बाच्छी, हात्तीको बच्चालाई छावा, बाघको बच्चालाई डमरु, भनेझैँ हिन्दूको नाति, हिन्दूको छोरा, हिन्दूको सन्तानलाई हिन्दू भनिन्छ । जसरी बघिनीले श्याल र वानरले परेवालाई जन्माउन सक्दैनन्, त्यसरी नै हिन्दूका पुर्खाले अरूलाई पैदा गर्दैनन् ।

तुलसी र पीपल हिन्दू, कोशीदेखि कालीसम्म हिन्दू, रामेश्वरदेखि मानसरोवरसम्म हिन्दू, यहाँको माटो र प्रकृति हिन्दू, आकाश र आवाज हिन्दू, गाई र दाइ हिन्दू, दुबो र दबाई हिन्दू, शरीर र श्वास हिन्दू । यसकारण आपूmलाई आत्मा हूँ भन्नुभन्दा पहिले म हिन्दू हूँ भन्ने मेरो उत्तर, मलाई ठीक लाग्छ । म हिन्दू भइन भने आत्मा, जीवात्मा र परमात्माको बारेमा वर्णन गर्ने वेद, मुन्धुम, त्रिपिटक मेरा कसरी हुन सक्छन् ? हाम्रा पुर्खा अमिबाको सन्तान होइनन् । हामी त “ईश्वरपुत्राः आर्याः” अर्थात् ईश्वरका सन्तान आर्य हौँ । संसारका प्राणीमा श्रेष्ठ ऋषि, जेष्ठ शास्त्र वेद, पवित्र भूमि नेपाल मेरै हो ।

पश्चिमाको विज्ञानले रहस्य पत्ता लगाउँछ, मेरो ज्ञानले रहस्यको रहस्यलाई जन्माउँछ, विज्ञानको जरालाई मल दिन्छन्, अनुसन्धानको काण्डलाई मजबुत बनाउँछ, पातलाई पोषण दिन्छ । सबै भाषाको जननी संस्कृतसँग मेरा पुर्खाको ध्वनिले मित लगाएको छ । यो लोक र परलोकको बारेमा वर्णन गरिएका पुराण, सतमार्गमा हिँड्न सिकाउने उपनिषद्हरू, आँखा खोल्न लगाउने त्रिपिटक, मनन गर्न उक्साइरहने मुन्धुम मेरै हुन् ।

वाक्य, शब्द र अक्षरको संयोजनलाई हाम्रो व्याकरणले शुद्ध र ऊर्जाशील बनाइराखेका छन् । कौटिल्यको अर्थशास्त्र देखेपछि लघु अर्थशास्त्रहरू टाँगामुनि पुच्छर हाल्छन् । मेरो ज्योतिषशात्रको अगाडि संसारका कुन अन्तरिक्षविद् र खगोलविद् नतमस्तक भएका छैनन् ? हाम्रो विज्ञानले दक्षप्रजापतिको टाउकोमा बोकाको टाउको, गणेशको टाउकोमा हात्तीको शिर जोडन सफल भएको छ ।

अश्विनीकुमारहरूले सिकेको अ∙प्रत्यारोपण विद्यासँग नाप्न मिल्ने आजसम्म कुन डाक्टरी विद्याको उचाइ छ ? चरकसंहिता र सुश्रुत ग्रन्थसँग तौलन मिल्ने कुन पुस्तकले जन्म लिएको छ ? रामायण र महाभारतलाई कुन महाकाव्यले चुनौती दिन सक्छ ? वेदको मन्त्र कुन पाश्चात्य विद्वान्को मस्तिष्कले सोच्न भ्याएको छ ? कुबेरकोजस्तो जहाज यो आकाशले अहिलेसम्म कहाँ देख्न पाएको छ ? अस्त्र, शस्त्र र शास्त्रको यो गौरव, यो उचाई बोकेको मेरो धर्म, मेरो इतिहासलाई सधैँ दुई हात र दश औँला जोडेर नमस्कार गर्ने, जोसुकै हिन्दू होइन र ?

संसारलाई निहाल्ने उच्च शिर भएको सगरमाथाले हिन्दूराष्ट्र नेपालाई वासस्थान बनाएकाले यहाँ बस्न पर्वतराजहरू लोभिए । कागभुशुण्डीले तिलिचो ताललाई, मनुले मनास्लुलाई, पार्वती र महादेवले गौरीशंकरलाई, गणेशले गणेशहिमाललाई तपस्या स्थल बनाए । गौतमबुद्ध लुम्बिनीमा जन्मने बित्तिकै सात पाइला हिँडे, रामले यही भूमिलाई ससुराली बनाए, जनकले अष्टावक्र र याज्ञवल्क्यलाई मिथिलामा बोलाए । “सर्वजनहिताय सर्वजनसुखाय” को मूल मन्त्र हाम्रो हो । हिन्दूशास्त्रले रत्नाकरलाई वाल्मीकि बनाएर रामायण लेखायो । कालिदासजस्ता महामूर्खलाई संस्कृतसाहित्यको महाकवि बनायो । “अयोग्यः पुरुषो नास्ति,योजकस्तत्रदुर्लभः” अर्थात्, संसारमा काम नलाग्ने पदार्थ छँदै छैन त्यसलाई उपयुक्त बनाउन योग्य मानिसको आवश्यकता पर्दछ । विदेशीको पैसा र प्रपन्चमा रमाउनेहरू आफ्नो स्वरूप थाहा पाएपछि “हरे राम हरे कृष्ण”को पावन संकीर्तन गर्दै मूल प्रवाहमा फर्कने छन् । विदेशीहरूले भक्ति वेदान्त प्रभूलाई बेल्जियममा राधा–कृष्ण गाउँ बनाउन सहयोग । विवेकानन्द, महर्षि योगी आदिले वैदिक ज्ञान, विज्ञानलाई पश्चिमी मुलुकमा बढाउने काम गरे ।

आड्म्बरमा उभिएका, डलरमा फैलिएका, अवसरमा लुटपुटिएकाहरुले जरा नभएका धर्म, पात नभएका सम्प्रदायमा उभिएर वैदिक धर्मको पात चुड्न खोजेका छन् । हामी सदावहार भएर बढ्ने छौँ, फल्ने छौँ । के बनमासाले ढाकेर म नै पहाड हुँ, भन्दैमा पवर्तले डराउनुपर्छ र ? मेरो कञ्चन्जङ्घा होस् वा गौरीशंकर, नीलगिरि होस् वा धौलागिरी जहाँबाट पनि हिन्दूकै सुगन्ध आउँछ । कोशी र गण्डकीमा एकताको धुन गुञ्जन्छ । पशुपति र स्वयम्भूनाथको रजकणमा सहिष्णुता मौलाउँछ ।

सोह्रौ शताब्दीमा गोरखामा खानहरूको बस्ती बसाल्ने, न्यायका प्रतिमूर्ति राम शाहलाई खान्चोकबासी कुन मुसलमानले मान्दैन ? तैल∙स्वामी, शिवपुरीबाबा, कुत्ताबाबा, हेडाखानबाबालाई कुन क्रिश्चियनले प्रणाम गरेन ? कवीर साहेवलाई कुन मुसलमानले नमस्कार गरेन ? बुद्धको अहिंसालाई कुन धर्मले अनुमोदन गरेनन् ? हिन्दूधर्मले सिञ्चेका महामना, शास्त्रहरूका गरिमाले टुसाएका नेपाली हुनाले म जीव हूँ, भुत्ला होइन, मेरो धर्म समुद्र हो खहरे होइन, म गोरखाली हूँ, त्योभन्दा बढी नेपाली हूँ, अझ गर्व गरेर भन्नु पर्दा म हिन्दू हूँ ।

सानालाई आदर, ठूलाप्रति सत्कार, आफ्नो धरा र धर्मको पहरेदार बन्न सिकाउने मेरो संस्कृतिले विना आधार, विनाप्रमाण कुनै बाटो देखाएन, विना उद्देश्य कुनै कार्य गराएन । तक्षशिला, नालन्दा एवं विक्रमशिलामा शिक्षाको बाढी आउँदा संसारका अन्य दुई खुट्टेहरू तोतेबोली बोल्दै थिए, बामे सरेर उठ्ने तर्खर गर्दै थिए । पश्चिमाहरू न खान जान्दथे, न लाउन जान्दथे, न गाउन जान्दथे ।

धान, मकै, कोदो, जौ आदिलाई ढाकेर झारले म खाद्यान्न हूँ भनी कति समय ढाट्न सक्छ र ? समय आएपछि थाहा हुन्छ कुन झार हो ? कुन अन्न हो ? हिन्दूरूपी अन्नमा झार लागे पनि असल किसानले चिनिहाल्छ । बिऊ थोरै हुन्छ तर समय आएपछि उम्रन्छ, फैलन्छ र कृषकहरूलाई फल दिन्छ । मंसीर लागेपछि किसानहरू अन्नबाली लिन मेरोमा आउँछन् कि तिम्रोमा । यो मेरो धर्मको अहंता होइन स्वाभाविकता हो । उदाहरण हेर रामले जूठो बयर खाए, कृष्णले विदुरको घरमा साग खाए, राजा हरिश्चन्द्रले कति दुःख उठाए, भरतले आफ्नो जीवन आफ्नै लागि कहिल्यै प्रयोग गरेनन् ।

असत्यको पक्षमा लाग्न बाध्य भएका भीष्मपितामहले आफ्नो मृत्युको रहस्य खोली दिए । द्रोणाचार्यले बुझी–बुझी आफूलाई विर्सजन गराए यो गौरव कुन धर्ममा छ ? मेरो धर्ममा भगवान्ले अवतार लिनुभयो, ऋषिमुनि जन्मनुभयो, देवीहरु प्रकट हुनुभयो । अरूको धर्म र सम्प्रदायमा भगवान्ले आफ्नो पुत्र वा दूत पठाउनुभयो । जरामा उभिने, पितालाई मान्ने, कुललाई पुज्ने, मुललाई बुझ्ने भएकाले म हिन्दू हूँ ।

मेरो धर्ममा जातिवादको गन्ध कहाँ छ ? रामले जात सोधेर सीतासँग विहे गरेका थिए ? महादेव र पार्वती, विष्णु र लक्ष्मीको थर छैन । निशुम्भ, हिडम्बा, पुतना, रावणसहित महाभारत युद्धमा उपस्थित योद्धाहरूको थर छैन । हिरण्यकशिपु, मय, विश्वामित्र, वशिष्ट, बाल्मीकि र दुर्योधनको थर के थियो ? अपाला, गार्गी र मदालसा कुन थरका स्त्रीहरू थिए ? अर्जुन र कर्ण कुन थरका महारथीहरू थिए ? हे ऐजेरु हो , जातिवाद र छुवाछुतवादको श्रेणीमा राखेर हाम्रो धज्जी उडाउँदै गर्दा आफू उभिएको भूति नबिर्स । बिराले नीति लिँदैँ “हिन्दू मास्छु, नेपाल पस्छु, मोज गर्छु” भन्ने मृगतृष्णाले आफ्नै विनाश गर्छ ।

मीठो दूध आउने ठाउँमा बसेर तिमीहरू रगतै खान्छौँ । हात खुट्टा भाँचिदिएर भिक्षा दिन्छौ अनि समाजसेवाको प्रचार गर्छौ । वेदले जातको विभाजन कामका लागि गरेको हो, छुत र अछुत गराउन होइन । रङ भेद, लिङ्ग भेदको जरा तिमीहरूकहाँ छ । अन्तराष्ट्रमा आतङ्क फैलाउन धर्म, हतियारले तर्साउने विज्ञान, विकासको मुकुण्डोमा उपनिवेश लाद्ने नीति भएकाले तिनीहरु हिन्दू हुन सकेनौँ । हामी विश्वलाई घर ठान्छौँ, मानवलाई भाइ मान्छौँ, पशुपंक्षीलाई मित्र सम्झन्छौँ, विरुवालाई साथ राख्छौँ ।

प्रकृति र संस्कृतिलाई संरक्षण गर्छौँ । तिमीले बम बनाएर फड्काउँदा हामी मन्त्रद्वारा दुनियाँको रक्षाका लागि यज्ञ र प्रार्थना गर्छौ । शत्रुको भलो, विरोधीको कल्याण चाहनेलाई हिन्दू भनिन्छ । तिमीहरूलाई कवीरको दोहा संझेर क्षमा दिइरहेका छौँ–

निन्दक नियरे राखिए आँगन कुटी छवाय ।
विन पानी विन साबुन निर्मल करे धुवाय ।

अर्थात् “आफ्ना शत्रुहरू नजिकै राख, सक्छौँं भने आफ्नै घरको आँगनमा कुटी बनाएर राखिदेऊ किनभने शत्रुले तिमीमा भएको दोषलाई निःशुल्कमा बताएर विना पानी, विना साबुन सफा रहन सहयोग गर्दछ” । वैदिक धर्मले शत्रुको नाश होइन, शत्रुलाई आफ्नै श्वासको जस्तै माया गर्न सिकाएको छ । यसैको फाइदा उठाएर तिमीहरूले हाम्रो देशका सोझा–साझालाई धर्ममा तान्न पैसाले किन्छौँ, सेवाका नाममा धर्म बदल्छौँ, शिक्षाको आवरणमा धर्मको रूपान्तरण गर्छौं । हामी त धर्मलाई शान्तिको बगैँचामा सहिष्णुताको फूल फूलाएर समन्वयको वासना बाँड्छौँ । त्यसैले मेरो धर्म र संस्कृतिमा जन्मन विदेशीहरूले गौरव गरेका छन्, मेरो संस्कृतिमा रम्न उनीहरूलाई रहर छ, यदि यस्तो नहुँदो हो त प्रो. विलसनले किन यो श्लोकको रचना गर्ने थिए र ?
यावद् भारतदेशः स्याद् यावद्विन्ध्यहिमालयौ ।

यावद् गंगा च गोदा च तावद् स्थास्यति संस्कृतम् ।।
न जाने विद्यते किं तन्माधुर्यमत्र संस्कृते ।
सर्वदैव समुन्मत्ता येन वैदेशिका वयम् ।।

अर्थात्, “जबसम्म भारतभूमिलाई विन्ध्याचल र हिमालयले शोभायमान बनाई राख्छ, गंगा र गोदावरीले पवित्र तुल्याउँछ तबसम्म संस्कृतभाषाको यो सरलता, वास्तविकता, मिठास र माधुर्यपनको नशामा हामी विदेशीहरू फूलमा मौरी झुमेझै झुमी रहने छौँ ।” विदेशी विद्वानहरूले मुक्त कण्ठले प्रशंसा गरेको मेरो भाषासँग कुन भाषाले ठाडो नाक गरेर बोल्न सक्दछ ? यो अर्थपूर्ण र गरिमामय मेरो धर्मलाई माया गर्दै बाँच्ने म हिन्दूबाहेक अरू को हुन सक्छु र ?

आमाको बुबु चुसेर, काखमा सुतेर, पकाएको खाएर बामेसरेँ, टुकु–टुकु हिँड्दा सहारा पाएँ । अबोध अवस्थामा गुन्युमा दिसा गरेको छु, पिसाब फेरेको छु । उहाँले चपाएर खुवाएको स्वाद अद्यपि मेरो जीभ्रोमा छ, मेरी आमा कालक्रमले बूढी भइन्, चाउरी परिन्, सजिन जान्दिनन् तर पनि मलाई मेरै आमा प्रिय छिन्, पूजनीय छिन्, प्रातस्मरणीय छिन् । किन कि म उनीको पुत्र हूँ, छोरा होइन ।

छोरा गतिछाडा, धर्मछाडा हुन सक्छ, विकृतिमा रमाउन सक्छ, रगतमा होली खेल्न सक्छ, अवसर पाउँदा होलीवाइन पिउन सक्छ । पहिचान नभएको अपा∙ हुन् सक्छ । पुत्रले मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव भन्दछ । म अरूको आमालाई नमस्कार गर्छु, श्रद्धा र माया गर्दछु, तर खुट्टामा ढोग्न सक्दिनँ । धिक्कार ती छोराहरूलाई, जसले प्रलोभनमा परेर आफ्नी आमाको चरणोदक लिनुपर्नेमा, चुल्ठोमा समातेर घिसार्दै वृद्धाश्रममा राखी पराइकी आमाको खुट्टामा ढोग्छ, श्राद्ध गर्छ, आसौच बार्छ । हे छोरा हो – पुत्र बन, हिन्दू बन, किन कि हाम्रो रगतले, श्वासले र माटोले भनिरहेको छ, “उठ, जाग, जगाऊ” किन कि तिमीहरू हिन्दू हौ ।

तिमीहरूको इतिहास कहिल्यै सुतेको छैन । तिम्रा पुर्खाहरूलाई निद्रा र निन्दाले छोएन । त्यस्ता वंशजका उत्तराधिकारीहरू अब उठ र जुट किन कि हामी हिन्दू हौँ । हामीले आर्य संस्कृति जन्मायौँ, सनातन धर्मलाई अपनायौँ । गाई, भाइ र माईलाई साथमा लिएर वनस्पतिदेखि जनावरसम्मलाई प्रेम ग-यौँ । हामी ज्ञान लिन्छौँ, विज्ञानलाई प्रयोग गछौँ, अध्ययनमा हिड्छौँ, अनुसन्धानलाई गोड्छौँ । यसकारण गर्वसँग भनौँ हिन्दूको पनाति, हिन्दूका नाति, हिन्दूका छोरा म शतप्रतिशत हिन्दू हूँ । शुद्ध हिन्दू हुँ, आफ्नै हात खुट्टा र संस्कृति भएको हिन्दू हुँ ।