२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार सदनप्रति जिम्मेवार छैन – सचेतक बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताउनुभएको छ । शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताउनुभएको हो । उहाँले राज्यको सम्पती कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताउनु भयो । आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस् । हामीले मुद्दा उठायौँ । सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पती कति छ ? सरकार सबै बेखबर । किनकी यो सरकार आफैँ चलिराखेको छैन । यो सरकार परनिर्भर छ । यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पती कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन ? यति बताउन सामथ्र्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन । सदन छोडेर गइसक्नु भयो सरकार । सदनप्रति जिम्मेवार छैन ।

आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध ग¥यो । हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन । हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस् । हामीले उठाएको विषय देशलाई भन्दिओस् । जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ । त्यो कुरा के हो सरकारले भन्दिओस् । प्रष्ट पार्दिओस् आजै । त्यसपछि संसदीय प्रक्रिया अगाडी बढ्छ ।’