• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

पौने एक बजेदेखि रोकिएको प्रतिनिधिसभाको बैठक ६ बजे बस्ने



संसद बैठक अवरुद्ध गर्दै एमाले सांसदहरु

काठमाडौँ । प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै  बेलुका ६ बजे बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अबरुद्ध गरेपछि अपराह्न १२:४५ मिनेटमा २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस बैठक बस्ने समय परिवर्तन भई दिउसोको दिउँसो ३ बस्ने बताएको थियो। तर दिउँसो ३ बजेपनि बैठक बस्न नसकेपछि दोश्रो पटक सूचना निकालेर ६ बजेका लागि सारिएको हो ।

आजै बसेको अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै सदन अवरुद्ध गरेका थिए ।

एमालेका प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताउनुभएको थियो ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरुले रोस्टम घेराउ गर्नुका साथै नाराबाजी गर्नुभएको थियो ।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उहाँले बैठक २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।