२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई माओवादीको जवाफ: संसदमा आफ्नो कुरा राख्न पाइन्छ



file photo
अ+ अ-

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधि सभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाउनु नहुने बताउनु भयो । उहाँले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका छौँ । हामीले यही संसदलाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौँ, त्यही अनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ । आफ्ना आफ्ना कुरा राख्न मिल्छन् । यसलाई व्यवस्थित रुपमा लगियोस् । यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरुलाई छानबिन गर्नुपर्छ ।’

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उठेर बिरोध गरिरहेका एमाले सांसदहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका छन् ।