• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

ताप्लेजुङमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु



symbolic picture

ताप्लेजुङ। स्कार्पियो दुर्घटनामा बिहान ताप्लेजुङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका(६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे१च ७३५३ नम्बरको स्कार्पियो अनियन्त्रित भई बाटोदेखि करिब ४०(५० मिटर तल खसी दुर्घटना भएको थियो ।

गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।रासस