२६ श्रावण २०८३, मंगलवार
,
Latest
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी दिलाउने सरकारको तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिलाउने तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले चौधरीको  बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यलय आईपुगेको बताए ।यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेको उनले बताए ।

राष्ट्रपतिले संविधानको धारा २७६ बमोजिम कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर गृह मन्त्रालयले फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्ताव मागि अध्ययन भइरहेको स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतले गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो ।

सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिन लागेको हो । १५ फागुन, २०७४ देखि थुनामा रहेका चौधरीलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।