• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी ★   घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि… ★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

एपिएफले रोमाञ्चक जित निकाल्दा आर्मी एनआरटीसँग स्तब्ध



काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लव एनआरटीसँग १–० ले स्तब्ध भएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बुधवार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन दुवै गोल आवास लामिछानेले गरे भने संकटाका लागि मनिष डाँगीले एक सात्वना गोल फर्काउन सफल भए । खेलको २४ औं मिनेटमा आवासको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा आवासले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । ५० औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेन । यससँगै एपिएफलले संकटासँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो ।

जितसँगै एपिएफले २१ खेलमा २६ अंक जोडेको छ । पराजय व्यहोरेको संकटाको समान खेलबाट २३ अंक छ । लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा आर्मीले एनआरटीलाई १–० को नतिजा सुम्पियो । एनआरटीलाई स्पष्ट जित दिलाउनका लागि कृतिश रत्न छुन्जूले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेको हो । कृतिशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।

कृतिशले सञ्जीव बिष्टले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका हुन् । लिगमा आर्मीबिरुद्ध एनआरटी अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट ३–३ को बराबरीमा सकिएको थियो । जितसँगै २१ खेलमा २१ खेलमा २६ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौं स्थानमा यथावत छ ।

लिगमा बिहीवार दुई खेल हुनेछन् । दिनको पहिलो खेल सातदोबाटो युथ क्लव र फ्रेण्ड्स क्लवबीच एन्फा मुख्यालयमा हुनेछ भने दोस्रो खेल चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच च्यासल मैदानमा प्रतिष्पर्धा हुनेछ ।