२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफले रोमाञ्चक जित निकाल्दा आर्मी एनआरटीसँग स्तब्ध



अ+ अ-

काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लव एनआरटीसँग १–० ले स्तब्ध भएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बुधवार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन दुवै गोल आवास लामिछानेले गरे भने संकटाका लागि मनिष डाँगीले एक सात्वना गोल फर्काउन सफल भए । खेलको २४ औं मिनेटमा आवासको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा आवासले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । ५० औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेन । यससँगै एपिएफलले संकटासँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो ।

जितसँगै एपिएफले २१ खेलमा २६ अंक जोडेको छ । पराजय व्यहोरेको संकटाको समान खेलबाट २३ अंक छ । लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा आर्मीले एनआरटीलाई १–० को नतिजा सुम्पियो । एनआरटीलाई स्पष्ट जित दिलाउनका लागि कृतिश रत्न छुन्जूले दोस्रो हाफमा गरेको गोल निर्णायक बनेको हो । कृतिशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।

कृतिशले सञ्जीव बिष्टले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेका हुन् । लिगमा आर्मीबिरुद्ध एनआरटी अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट ३–३ को बराबरीमा सकिएको थियो । जितसँगै २१ खेलमा २१ खेलमा २६ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौं स्थानमा यथावत छ ।

लिगमा बिहीवार दुई खेल हुनेछन् । दिनको पहिलो खेल सातदोबाटो युथ क्लव र फ्रेण्ड्स क्लवबीच एन्फा मुख्यालयमा हुनेछ भने दोस्रो खेल चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच च्यासल मैदानमा प्रतिष्पर्धा हुनेछ ।