• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

बालुवाटार, मन्त्री क्वार्टरमा लेनदेनको कुरा आइरहेको छ, छानबिन होस्– रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ ।

जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।

सभापति लामिछानेले भने, ‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन् । यहाँ कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाएर छानबिन होस् ‘ ।