७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते



अ+ अ-

एजेन्सी । उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिनु भएको छ ।

दुर्घटना बेलुका करिब ७ः०० बजे भएको थियो । स्थानीय समय अनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।

स्थानीय सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्याउदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन् । छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए।
फिचिटका गभर्नर पायोन असवापिचायोनले मङ्गलबार प्रभावित स्थलको भ्रमण गर्नु भएको छ ।

त्यहाँ कम्तीमा १०० स्थानीय घरपरिवारले आँधीका कारण भएको क्षति र थप मूल्याङ्कन भइरहेको जानकारी उपलब्ध गराएका छन् । विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सोमबारदेखि वर्षायाम शुरु भएसँगै थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।