• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ?

नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएन: सांसद गुरुङ



काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताउनुभएको हो ।

उहाँले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताउनु भयो । उहाँले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता पक्षधरकै कारण यसप्रति प्रश्न उठेको बताउनु भयो । सांसद गुरुङले दलाल नोकरशाही पुँजीपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजिवादको विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हामीले धेरै कुरा उठाएका छौँ । तर त्यो हुन्छ कसरी ? त्यसको पनि यो नीति तथा कार्यक्रममा ठोस नीति आएन । मुलुकको अर्थतन्त्र संकटमा छ, मन्दीमा छ । संकटमा भएको अर्थतन्त्रलाई कसरी माथि उठाउने ? यसबाट कसरी हामी पार गरेर समृद्धिको दिशातिर अगाडी जाने भन्ने कुरामा हाम्रो नीतिगत छलाङ कहाँ हुनुपर्ने हो ? त्यो ठोस रुपमा आएन । अर्थतन्त्रको समस्या समाधान कसरी गर्ने भन्नेपनि आएन । सबैभन्दा जल्दोबल्दो समस्या संघीयताको कार्यान्वयन संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

संघीयतामाथि अझ प्रश्नहरु उठिराखेको छ । यो प्रश्न उठ्ने काम संघीयता पक्षधरहरुकै कामले, हाम्रै अयोग्यताका कारणले उठिरहेको छ भन्नेकुरा म यहाँ राख्न चाहन्छु । उत्पादन सम्बन्धमाथि भइरहेको दलाल नोकरशाही पुँजिपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजीवादको विकास गरेर स्वाधिन राष्ट्रिय अर्थतन्त्रको निर्माण गरेर मात्रै हामी समाजवादका आधारहरु तयार गर्न सक्छौँ । समाजवादमा पुग्नसक्छौँ । यो नीति, कार्यक्रममा नभएकोले कुरा उठाइरहेको छु ।’

उहाँले नीति, कार्यक्रममा दलाल पुँजीवादलाई बलियो बनाउने कि राष्ट्रिय पुँजीवादलाई बलियो बनाउने भन्ने स्पष्ट नभएको बताउनु भयो ।