२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पार्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताउनु भयो । उहाँले समय, परिस्थिति अनुसार छिमेकी देशहरुको भ्रमण गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उत्तर—दक्षिण भ्रमणको कुरा ल्याउनुभयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन । प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्नेकुरा त्यस्तो केही बाध्यता छैन । समय, परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण म आफैँ हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ । तर हाम्रो भुगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता थाहा छ, अहिले उत्तरले बोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । बरु चिनियाँ राजदुतले नै यहाँको दबाबलाई देखेपछि सरकारको अफ्ठ्यारोलाई देखेर नै धन्यवाद दिएको हो चिनियाँ राजदुतलाई ।’

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्नेपनि बताउनु भयो ।