२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम संघीयता बिरोधी: अध्यक्ष राउत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताउनुभएको छ ।

मंगलवार सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताउनुभएको हो ।

उहाँले निति तथा कार्यक्रममा जम्मा तिन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रदेश प्रहरी, कर्मचारी समायोजन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल गर्नुपर्ने बताउनु भयो । उहाँले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शितगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामुहिक कृषि, उत्पादन निति, सामुहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यस नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तिन पटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सबल गर्नेखालको ठोस निति तथा कार्यक्रम देखिएन । म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन निति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता बिरोधी देखिएको छ ।

संघीयताको उच्चारण तीन पटक गर्दा पनि एकपटक प्रश्तावनामा गरिएको छ, एकचोटी उपसंहारमा गरिएको छ र एकचोटी मात्रै बडीमा गरिएको छ । बुँदा नम्बर १९ मा के मात्रै लेखिएको छ भने वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ । त्यो बाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयता बारेमा ल्याएको छैन । यसप्रति सरकार र निति, निर्माताहरु गम्भिर हुनु जरुरी छ । संघीयताका विभिन्न मुद्दाहरु प्रदेश प्रहरी, कर्मचारी समायोजनका विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल हुनुपर्दछ ।’

उहाँले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गरी ‘विशेष रेक्क्यु प्याकेज’ घोषणा गर्न माग गर्नुभयो ।

 




भर्खरै