२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबै हो– गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सत्तापक्षले आफ्नो कमजोरी लुकाउने प्रतिपक्षको तेजोबोध गर्ने गरेको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद सापकोटाले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा ओली हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए। सोहि कुराको टिप्पणी गर्दै उनले भने, ‘हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो हेडमास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ। एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता सामाजिक न्यायसहितको परिवर्तनको विश्वविद्यालय हो। त्यो तपाईँहरूले दिएको उपाधिलाई हामीलाई पुग्दैन। केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो। इन्जिनियर हो। आर्किटेक हो। सबै हो। तपाईँहरूले कम्तीमा सिक्न पाउनुभयो। बधाई भन्न चाहन्छु। उहाँले भनेको कुरा ग्रहण गर्नु सुल्टो बाटो हुन्छ।’