२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकबारे प्रधानमन्त्रीको गोलमटोल नीति– मञ्जु शर्मा अन्सारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीले नागरिकता विधेयकबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोलमटोल नीति लिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा नागरिकता विधेयकबारे बोल्दै उहाँले भन्नुभयो, “अस्ति प्रधानमन्त्रीको जवाफ बोली जुन सुनियो त्यसमा गोलमटोल जस्तो लाग्यो ।”

नागरिकताबिना गोडा सार्न समेत अप्ठ्यारो हुने अवस्था रहेको उहाँको भनाइ थियो । नेपालमा जन्मिएर पनि नागरिक हुन नसकेको/नपाएको भन्दै उहाँले यो देशमा यो कस्तो बिडम्बना हो भनी प्रश्न गर्नुभयो ।

जतिसक्दो छिटो नागरिकता विधेयक ल्याउन र जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई नागरिकता दिलाउन उहाँले माग गर्नुभयो ।