६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनु भएको हो । उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयाजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।

मुलुकमा पनि साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भईरहेको उल्लेख गर्दै उहाँले त्यसबाट जोगिएर अघि बढनुपर्ने पनि बताउनु भयो । ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरु पनि छन । यसलाई हामीले, नेपालीहरु सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदूपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ । यसलाई परस्परमा विद्धेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म ।

कहिले एउटै धर्म भित्र पनि यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन । धर्मका नाउमा ठूलाठूला लडाईँहरु भएका छन । धर्मका नाउमा देश विनाश भएका छन । धर्मका नाउमा मानिसहरु मारिएका छन । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन । र, हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसावले । यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ । कहिलेकहिले राजनीतिक स्वार्थहरुका लागि अरु स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ । गरिएको छ । र, जनता मराएर, देश सिध्याएर धर्मको नाममा राजनीतिक रोटी सेक्ने कामहरु भएका छन । र, हामीले के बुझ्नु पर्छ भने अरुले भडकाई दिएको भरमा, अरुले उचालिदिएको भरमा, अरुले हामीलाई भावनामा बगाईदिएको भरमा हामी उचालिनु, बग्नु हुँदैन ।

हामी सामाजिक सदभाव कायम गरौं, राष्ट्रिय एकता सुदृढ गरौं । त्यो भावनाका साथ अगाडि बढनु पर्दछ । मैले देखेको छु–समयसमयमा साम्प्रदायिक विद्धेषहरु नेपालमा पनि भडकाउन खोजिएको छ । भडकाईएको छ । मान्छे मराइएको छ । झगडा लगाइएको छ । यस्ता कुराहरु भएका छन । यसभित्र भड्काउनका लागि अनेक षडयन्त्रहरु भएका छन । त्यस्ता षड्यन्त्रहरुबाट पनि हामी जोगिनु पर्दछ ।’

अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराउनु भयो ।