१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै होइन: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तिखो आलोचना गर्दै फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्नुभएको हो ।

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन भन्ने कुरा आएका छन् भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “मैले पनि यसो मनन गरेँ । यो कागजको खोस्टो मात्रै छ कि ? यसमा कुनै विषयवस्तु पनि छ यसो हेर्दै जाँदा मैले कागजको खोस्टो मात्रै पाइनँ ।” अगाडि सारिएका उद्देश्यहरुमा सुशासन कायम गर्ने र विकास निर्माणलाई प्रत्याभूति दिनेगरी अघि बढाउने उल्लेख गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा सेवा प्रवाहमा सरलीकरण गर्ने, सामाजिक न्यायको प्रवर्द्धन गर्ने राष्ट्रिय हितलाई सम्वर्द्धन गर्ने उद्देश्य अघि सारिएको छ ।