२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै होइन: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तिखो आलोचना गर्दै फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्नुभएको हो ।

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन भन्ने कुरा आएका छन् भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “मैले पनि यसो मनन गरेँ । यो कागजको खोस्टो मात्रै छ कि ? यसमा कुनै विषयवस्तु पनि छ यसो हेर्दै जाँदा मैले कागजको खोस्टो मात्रै पाइनँ ।” अगाडि सारिएका उद्देश्यहरुमा सुशासन कायम गर्ने र विकास निर्माणलाई प्रत्याभूति दिनेगरी अघि बढाउने उल्लेख गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा सेवा प्रवाहमा सरलीकरण गर्ने, सामाजिक न्यायको प्रवर्द्धन गर्ने राष्ट्रिय हितलाई सम्वर्द्धन गर्ने उद्देश्य अघि सारिएको छ ।