२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवं विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका प्रमुख रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिला एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले देशमा ठूलो राजनीतिक परिवर्तनका वाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि २०६४ सालकै अवस्थामा पुग्न सक्ने स्पष्ट पार्नुभयो । अहिले गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरू एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीका जनवर्गीय सङ्गठनहरूलाई जनता केन्द्रित भएर परिचालन गर्न र सोहीअनुसार नीति तथा कार्यक्रम अगाडि सारिएको बताउनुभयो । उहाँले अब कामकाजी सङ्गठन बनाउने र सोहीअनुसारको पद विभाजनको प्रक्रियालाई आत्मसात् गरिने उल्लेख गर्नुभयो ।

सङ्घका अध्यक्ष अमृता थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङलगायतले महिला आन्दोलन र यसको प्रभावका बारेमा धारणा राख्नुभएको थियो । रासस