• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस

सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिदैन: ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताउनु भएको छ ।

अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गर्नु भयो । आईतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरुले पनि यसलाई स्विकार गर्न नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले सत्तारुढ नेपाली काँग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकीर गर्नु भयो । उहाँले भन्नु भयो, ‘एक वर्षको समय फेरी खेर जाने भयो । २ वर्षमा यो गर्ने भनिएको छ । तर एक वर्षको नीति तथा कार्यक्रम छ । २ वर्षमा यसो गर्छौ भनिएको छ । एक वर्षको पेश गर्नुस्न । २ वर्षमा केही गर्छांै भने यस वर्ष के गर्नु हुन्छ त ? विना टार्गेट, कहाँ सूरु, कहाँ अन्त्य ? कहाँ जान हिँड्या ? केही ठेगान छैन । हामो गन्तव्य समृद्ध नेपाल: सुखी नेपाली हो ।

मेरो जीवनको एकमात्र लक्ष्य नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने हो । यस अभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको साथ, समर्थन र सहयोग हुने विश्वास पनि मैले लिएको छु । सभामुख महोदय, मैले यति समय लिएर प्रस्तुत नीति तथा कार्यक्रमको सम्बन्धमा भने । यसको अर्थ हो–यो नीति, कार्यक्रम कुनै पनि हालतमा देशलाई अगाडि बढाउन, देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम छैन । जनताका समस्या समाधान यसले गर्न सक्दैन । त्यसकारण यस नीति, कार्यक्रमलाई समर्थन गर्न सकिदैन । र, हामी समर्थन गर्दैनौं । म आग्रह गर्न चाहन्छु–मैले यति समय लिएर ब्याख्या गर्नुको अर्थ के हो भने म अरु पार्टीहरुलाई पनि देशप्रति जिम्मेवार भएर सोच्न आग्रह गर्न चाहन्छु ।

यस नीति, कार्यक्रमले एक वर्षको समय कमसेकम बर्बाद भयो देशको । यो नीति, कार्यक्रमले केही पनि गर्नेवाला छैन, हुनेवाला छैन । त्यसकारण यसलाई समर्थन नगर्न म अरु दलका माननीयज्यूहरु, स्वतन्त्र माननीयज्यूहरु सबैलाई पनि आग्रह गर्न चाहन्छु । यसलाई पारित गर्नु हुँदैन । यो पारित गर्न योग्य छैन । जसले देशलाई बाटो देखाउँदैन, देशलाई समस्याबाट उम्काउँदैन । जसले देशलाई अगाडि बढाउन कुनै सोच नै राखेको छैन । त्यस्ता नीति, कार्यक्रमको नाउका पोथाहरुमाथि हामी छलफल गरिरहेका छौं । त्यही बोकेर जानुपर्ने अवस्था नआओस् । म जिम्मेवार प्रधानमन्त्रीज्यू आफैंलाई भन्न चाहन्छु–त्यसकारण यसलाई फिर्ता लिइयोस्, अर्को बनाइयोस् ।

यसवापत कुनै पोलिटिकल एजेण्डा नबनाउला बरु । उपयुक्त नीति, कार्यक्रम बनाउनुस् । तर यही कार्यक्रम पारित गर्ने हो भने नेपाली काँग्रेस यस्तै कार्यक्रमबाट अगाडि जान्छ ? यही हो, नेपाली काँग्रेसले देशप्रति गर्ने प्रतिवद्धता । ५/७ वटा मन्त्री भए पुग्यो नेपाली काँग्रेसलाई ? देशप्रतिको उत्तरदायित्व छैन ? त्यसकारण कसैले पनि यसलाई, यसको पक्षमा टेवल ठटाउन कसरी सकिन्छ ? कसरी समर्थन गर्न सकिन्छ यसलाई ? तसर्थ, म सबैलाई आग्रह गर्न चाहन्छु–यसलाई कुनै पनि हालतमा समर्थन गर्नु हुँदैन । समर्थन नगरौं । पहिलो कुरा, सम्माननीय प्रधानमन्त्रीजीले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर पठाई दिनु पर्छ ।’

अध्यक्ष ओलीले सरकारले ल्याएको सो नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले संसदबाट पारित गराउन नसक्ने बताउनु भयो । उहाँले आफ्नो ध्यान ‘समृद्ध नेपाल र सु:खी नेपाली’ बनाउने रहेको पनि दोहोर्‍याउनु भयो ।