• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

आईपीएलः ‘विन्दास’ हैदरावाद, ‘गर या मर’को अवस्थामा मुम्बई



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा आज अन्तिम दोहोरो हेडर खेल हुँदैछ । आजको पहिलो खेल मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद बीच मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यो दुवै टोलीको लिग चरणको अन्तिम खेल हुनेछ । दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । पछिल्लो खेलमा दुवै टोली आमनेसामने हुँदा मुम्बईले हैदरावादलाई १४ रनले पराजित गरेको थियो । अर्कोतर्फ, आजको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्सबीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

मुम्बईले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ । जसमा उसले सात जित र छ खेलमा हार बेहोरेको छ । टोलीको १४ अंक छ । टोलीलाई प्लेअफको दौडमा रहन ८० रनभन्दा बढीको जित आवश्यक छ । बैंगलोरको हार मुम्बईको प्रमुख चाहना हो । साथै साँझको खेल जिते पनि बैंगलोरको रन रेट आफ्नोभन्दा कम होस् भन्ने मुम्बई चाहन्छ ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, टिम डेभिड, क्रिस जोर्डन र जेसन बेहरेनडर्फ हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, इशान किशन र पियुष चावला जस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

हैदरावादले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ । जसमा उसले चारमा मात्र जित र नौ खेलमा हार बेहोरेको छ । टोलीको आठ अंक छ र अंक तालिकाको पुछारमा रहँदै प्लेअफको दौडबाट बाहिर छ । मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडन मार्कराम, हेनरिक क्लासेन, ह्यारी ब्रुक र ग्लेन फिलिप्स हुन सक्छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने मुम्बई र हैदरावादबीच हालसम्म कुल २० वटा खेल भएका छन् । जसमा मुम्बईले ११ खेल जितेको छ भने हैदरावादले ९ खेल जितेको छ ।

वानखेडे रंगशालाको पिच सधैं ब्याट्सम्यानको पक्षमा रहेको छ । बलरहरूले यो मैदानमा कडा मेहनत गर्नुपर्छ । आइतबार मुम्बईको मौसम गर्मी हुने भएको छ । तापक्रम २८ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ । बादल लाग्नेछ, वर्षाको सम्भावना छैन ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, नेहल वढेरा, टिम डेभिड, ऋतिक शोकिन, क्रिस जोर्डन, पियुष चावला, जेसन बेहरेनडोर्फ र आकाश मधवाल ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), अभिषेक शर्मा, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), ह्यारी ब्रुक, ग्लेन फिलिप्स, अब्दुल समद, कार्तिक त्यागी, मयंक डागर, भुवनेश्वर कुमार र नितिश रेड्डी ।