१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुनर्लेखन गर्ने छुट दिन्छौँ– ओली

नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुनर्लेखन गर्ने छुट दिन्छौँ– ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उहाँले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गर्नुभयो ।

“नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने लागेको हो भने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्”, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको उल्लेख गर्नुभयो ।

न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको बताउनुभयो । सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थलाई पनि लुकाउन खोजेको उहाँको आरोप थियो ।