१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही पनि बोलिएको छैन: ओली

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही पनि बोलिएको छैन: ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाईरहेको कुरा आईरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नु भयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्याहरु समाधान गर्नुपर्ने बताउनु भयो । वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकीर गर्दै उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन ? भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘सरकार परराष्ट्र सम्बन्ध संचालनमा हतास देखिएको छ । पियानो बजाउन दुवै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ । तर दश वटै औंलाले एकैपटक पियानो थिच्यो भने त्यसमा कर्कश ध्वनी मात्रै पैदा हुन्छ । त्यसले संगीत पैदा गर्दैन । अहिले सरकारले दशवटै औंला एकै पटक थिचेजस्तो विभत्स आवाज मात्रै आएको छ । र, त्यसबाट छिमेकी मित्र राष्ट्रहरु र विदेशी समूदायलाई कूटनीतिक अपरिपक्वताको परिचय दिएको छ । नेपाल नेपाल र नेपालीको परिचय किमार्थ हुन सक्दैन । विषय बुझ्दा ढिलो भईसकेको हुन सक्दछ । सरकारको यस नीतिले नेपालको प्रतिनिधित्व गर्न सक्दैन ।

यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको पनि देखिदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बूदा नम्बर १८५ मा संविधानको अनुसूचिमा रहेको नेपालको नक्शा अटाउन सकेको छैन । त्यहाँ बोलिदैन । सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमण जाँदै हुनुुहुन्छ । यस हिसावले म अलिक गम्भिर समस्या यसमा देख्छु । एउटा हामीले के बुझ्नु पर्‍यो भने परराष्ट्र सम्बन्धको विषयमा भने भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो । भारत छिमेकी हो । र, मित्र राष्ट्र हो । मित्रसँग आफूलाई परेको मर्का, आफ्ना कुराहरु खुलस्त गर्न किन नसक्ने ? खुलस्त कुरा नगरी समस्याहरु कसरी समाधान हुन्छ ? त्यसकारण खुलस्त कुरा गर्नु पर्‍यो । र, समस्या समाधान गर्नु पर्‍यो । चिसोपन राख्न भएन । कायर मन पनि राख्नु भएन । त्यो कातरपन, चिसो मन, भन्न नसक्ने, चिसो लिइरहने, कुरा गर्न नसक्ने, आफ्ना इस्यू राख्न नसक्ने अनि बोल्न नसक्ने । त्यो खालको हुनु भएन ।

मित्रसँग मित्रतापूर्ण ढंगले खुला कुरा गर्नु पर्‍यो । यो हो कुरा भनेर । हाम्रा भनाईहरु यी हुन । त्यसो गर्दा सबैलाई फाईदा हुन्छ । त्यो कुरा किन भन्न नसक्ने ? छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सम्माननीय प्रधानमन्त्रीज्यूले कसरी लिनु भएको छ ? सम्बन्ध संचालन मित्रवत छ कि छैन ? राष्ट्रिय हितको जेन्यून इस्यूहरु खुलस्त राख्नु भएको छ कि छैन ? राख्ने गर्नु भएको छ कि छैन ? समस्याका कारणहरु र समाधानका विषयहरुबारे कुरा गर्नु भएको छ कि छैन ? समस्या छन भन्ने कुरा राख्नु भएको छ कि छैन ? लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अहिलेको अवस्था के छ ? के छ त्यहाँ ? सीमा सुरक्षित नै छ ? अस्ती मैले एक ठाउँमा बोले –हाम्रो भूगोग अलिकति खुम्चियो भनेर । एउटा मिडिया टेलिभिजनले त यतिसम्म भन्यो कि जे पायो त्यही बोलेर हिँडने केपी ओलीलाई किन जेल हालिदैन भनेर ।

देशको पक्षमा बोलेको हुनाले किन जेल हालिदैन भन्यो । चीनमा भएका फाँसी दिइन्थ्यो, गोली ठोकिन्थ्यो । यहाँ किन बोल्न दिइएको छ भन्यो । मैले देशको सवालमा बोल्दा यसो भनियो । देशको सीमाको बारेमा बोल्दा र यथार्थ कुरा बोल्दा । सरकार पनि त्यस्तै हो कि ? नीति, कार्यक्रममा सरकारले केही बोल्दैन । सभामुख महोदय, कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचारहरु सञ्चार माध्यामहरुमा आएका छन । त्यो हो कि होइन ? यथार्थ के हो ? यस सम्मानित सदनलाई र यस सदनमार्फत् सम्पूर्ण नेपालीलाई यी राष्ट्रिय महत्वका सर्वाधिक चासो र प्राथमिकताका विषयमा जानकारी गराउन पर्छ कि पर्दैन ? अवश्य जानकारी गराउनु पर्छ । र, म जानकारी गराउन माग गर्दछु ।

यस विषयमा प्रधानमन्त्रीजीले संसदलाई जानकारी गराउनै पर्छ । यस सदन र सदनमार्फत् नेपाली जनतालाई सो जानकारी गराउनु पर्छ । हाम्रो भूमिमा संरचना बनिराखेको छ कि छैन ? व्यक्तिको सोच, नियत र संस्कारले सामाजिक संस्कृतिको रुप लिँदै जान्छ ।’