२० माघ २०८१, आईतवार
,
Latest
विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते प्रधानमन्त्री केपी शर्माले दिए प्रशिक्षक मोन्टी देशाईलाई धन्यबाद ‘देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने’ काभ्रेमा एमालेको ‘जरा अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यात्री’ दर्तामा फेरि समस्या भयो– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन बनाइरहको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको बताउनुभयो ।

“विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो। दर्ता भयो। सरकारको तारिफ पनि भयो। तर अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ, उहाँले भन्नुभयो, “सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ।”

पहिले कानून नहुँदा यात्रीको दर्ता नभएको उल्लेख गर्दै सांसद थापाले भन्नुभयो, “पहिले कानून थिएन। दर्ता भएन। अहिले कानून बन्यो दर्ता भयो तर आफैँ ढिलो कानून बनाउने निकायले दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लिन्छ ।”

सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने भन्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन किन्ने र उपभोग बढाउँछु भन्ने नीति बोकेको सरकारले असल नियतसाथ काम गरिरहेको उद्यमीलाई निरूसाहित हुन नदियोस्। आफ्नो नीतिको लाज राखोस्, सरकारको ध्यानाकर्षण गराउँछु ।”