९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानको समस्या तत्काल समाधान होस्: अमरेश सिंह



अ+ अ-

काठमाडौं । सांसद अमरेश कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारसमक्ष माग छन् ।

आईतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले उखु किसानले अहिलेसम्म भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाउदा किसान समस्यामा परेको बताउदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने रु कसरी मल किन्ने कसरी बिउ किन्ने ? त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् । किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ’ ।