२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानको समस्या तत्काल समाधान होस्: अमरेश सिंह



अ+ अ-

काठमाडौं । सांसद अमरेश कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारसमक्ष माग छन् ।

आईतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले उखु किसानले अहिलेसम्म भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाउदा किसान समस्यामा परेको बताउदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने रु कसरी मल किन्ने कसरी बिउ किन्ने ? त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् । किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहिनेत गरेर उँखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ’ ।