• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्र पराजुलीको इजलासमा



फाईल फोटो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा उनको मुद्दाको सुनवाइ तोकिएको हो ।

जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लोको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज सन्दीपको मुद्दा न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा परेको छ ।

नेपालले विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका भ्रमण गर्दैछ । जसको लागि सन्दिपको उपस्थिती निकै महत्वपुर्ण रहेको छ । आज मुद्दाको सुनवाइ नभएमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।