• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते

ब्रेन्टफोर्डसँग घरमै हार्यो टोटेनहम



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम पराजित भएको छ । शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम ब्रेन्टफोर्डसँग घरेलु मैदानमै ३–१ गोलले स्तब्ध बनेको हो ।

खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । खेलको आठौं मिनेटमा नै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ब्रेन्टफोर्डले दोस्रो हाफमा ३ गोल फर्कायो । ५० औं र ६२ औं मिनेटमा ब्राएन एमबेउमोले तथा ८८ औं मिनेटमा योआने वीसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को जित दिलाए ।

यो नतिजासँगै टोटेनहम ३७ खेलबाट ५७ अंकका साथ तालिकाको सातौं स्थानमा रहँदा समान खेलबाट ५६ अंकका साथ ब्रेन्टफोर्ड नवौं स्थानमा छ ।