२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ विमानस्थल बनाउने घोषण गरिएको हो ।

विगत २९ वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया सुरु भए पनि वातावरणीय विषयलाई लिएर निर्माण प्रक्रियाले गति लिनसकेको छैन । सरकारले निजगढ विमानस्थललाई प्राथमिकतामा राखेको छ ।

करिब एक हजार नौ सय हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने योजना छ । कुल तीन हजार छ सय मिटर लामो र ६० मिटर फराकिलो धावनमार्ग हुने विमानस्थल निर्माणपछि वर्षमा छ करोड यात्रुको चाप थेग्ने अनुमान गरिएको छ । निजगढ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रु एक खर्ब २० अर्ब लाग्ने जनाइएको छ ।

प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माणकार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने जनाइएको छ । निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याइनेछ ।