२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ विमानस्थल बनाउने घोषण गरिएको हो ।

विगत २९ वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया सुरु भए पनि वातावरणीय विषयलाई लिएर निर्माण प्रक्रियाले गति लिनसकेको छैन । सरकारले निजगढ विमानस्थललाई प्राथमिकतामा राखेको छ ।

करिब एक हजार नौ सय हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने योजना छ । कुल तीन हजार छ सय मिटर लामो र ६० मिटर फराकिलो धावनमार्ग हुने विमानस्थल निर्माणपछि वर्षमा छ करोड यात्रुको चाप थेग्ने अनुमान गरिएको छ । निजगढ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रु एक खर्ब २० अर्ब लाग्ने जनाइएको छ ।

प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माणकार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गर्ने जनाइएको छ । निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याइनेछ ।