२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण



अ+ अ-

डडेल्धुरन । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सुदूूुरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको छ ।

जेष्ठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक श्री रबिन कुमार नेपाल ज्यूले प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो । चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष श्री चक्र बहादुुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष श्री खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।

साथै आज आयोजित डडेल्धुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष श्री टंक बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक श्री मनोहर प्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो । प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको छ ।