२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शतक हानेका कोहलीले खेल सकिनेबित्तिकै पत्नी अनुष्कालाई भिडियो कल गरेपछि…



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा बिहीबार रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो । हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै १०४ रनको इनिङ खेले ।

जवाफमा बैंग्लोरले १९.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । विराट कोहलीले ६३ बलमा १२ चौका र चार छक्का प्रहार गर्दै १०० रनको इनिङ खेले । यो म्याच जित्ने इनिङ्सपछि कोहलीले आफ्नो जीवनमा सबैभन्दा विशेष मान्ने मान्छेलाई फोन गरे ।

खेल सकिएपछि कोहलीले मैदानबाट श्रीमती अनुष्का शर्मालाई भिडियो कल गरे । उनीसँग लामो समय कुरा गरे । यी दुईबीचको कुराकानीका धेरै तस्विरहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा फ्यानहरूले पनि यो स्टार जोडी र यो क्षणको धेरै तारिफ गरिरहेका छन् ।

भिडियो कलको तस्बिर सेयर गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्– ‘म्याचको सबैभन्दा सुन्दर क्षण ।’ लामो समयपछि आईपीएलमा शतक बनाएपछि विराटले अनुष्काको अगाडि आफ्नो खुशी व्यक्त गरिरहेका थिए । अर्को प्रयोगकर्ताले यसमा लेखेका छन्– ‘किंग कोहली, अनुष्कालाई तिमीमा गर्व हुनेछ ।’

अनुष्काले इन्स्टाग्राममा कोहलीको लागि एउटा स्टोरी पनि पोस्ट गरेकी छिन् । यसमा उनले कोहलीको छैटौं आईपीएल शतकका केही झलकहरू सेयर गरेकी छन् । यसको क्याप्शनमा अनुष्काले कोहलीको इनिङ्सलाई धमाकाको रूपमा वर्णन गरेकी छिन् । उनले लेखेकी छन्– ‘यो कस्तो विशेष इनिङ्स थियो !’

बिहीबार हैदरावादविरुद्धको खेलमा अनुष्का रंगशालामा देखिएनन् । यसअघि उनी लगभग हरेक खेलमा कोहली र आरसीबीलाई समर्थन गर्न स्टेडियम पुगेकी थिइन् । कोहली र अनुष्काले २०१७ मा विवाह गरेका थिए र त्यसपछि दुवैले हरेक कठिन समयमा एकअर्काको साथ दिँदै आएका छन् ।

कोहलीको यो आईपीएलमा छैटौं शतक हो । उनले आईपीएलमा सर्वाधिक शतक बनाउने क्रिस गेलको रेकर्ड बराबरी गरेका छन् । गेल र कोहलीको समान ६–६ शतक भएको छ ।