२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधिन खानेपानी आयोजना अवरुद्धः आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी



अ+ अ-

परासी । स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माणाधिन खानेपानी आयोजनाको काम अवरुद्ध भएको छ । स्थानीयवासीबीचको आपसी विवादका कारण पाँच महिनादेखि सो आयोजनाको काम ठप्प भएकोे हो । 

सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारी सुस्ताका स्थानीयवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा खानेपानी आयोजना निर्माण थालिएको हो । २०७६ माघदेखि निर्माण शुरु भएको आयोजनाको काम गत माघ महिनादेखि अवरुद्ध रहेको खानेपानी तथा सरसफाई संस्था सुस्ताका अध्यक्ष मुन्सीकुमार हरिजनले जानकारी दिनुभयो । स्थानीय अगुवाहरुले नै काम गर्न नदिएको उहाँको गुनासो छ । संस्थामार्फत काम भइरहेकै बेला स्थानीय अगुवाहरुले नै अर्को उपभोक्ता समितिसमेत गठन गरेर आफूहरुले काम गर्न पाउनुपर्ने भन्दै विवाद झिकेपछि निर्माण कार्यमा बाधा पुगेको उहाँले बताउनुभयो । 

लामो प्रयासपछि आएको खानेपानी आयोजनाको काम अलपत्र परेपछि सुस्तावासी चिन्तित भएका छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न गरी सुस्तावासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी आयोजनाको निर्माण थालिएको थियो । गत वर्ष बोरिङ्गको काम सफल भएपछि दुई डिप ट्युबेल गाडिएको संस्थाले जनाएको छ ।  यसवर्ष आयोजनाको क्षेत्र चारैतिरबाट पर्खालले घेर्ने, माटो पुर्ने र गेट निर्माण गर्ने कार्य भइरहेको थियो । “हामीले अहिलेसम्म रु ४१ लाखको काम सम्पन्न गरी थप निर्माण कार्य अघि बढाइरहेका थियौँ, तर अहिले आएर विवाद नमिल्दा काम ठप्प भयो”, अध्यक्ष हरिजनले भन्नुभयो ।  

उक्त क्षेत्रमा खानेपानी ट्याङ्की निर्माणका लागि टेन्डर आह्वान भइसकेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । “नेपाली भूमि रक्षा गर्दै आएका सुस्तावासीलाई आर्सेनिक र आइरनयुक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता हटाई शुद्ध पिउने पानी उपलब्ध गराउन प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा काम भइरहेको छ”, उहाँले भन्नुभयो । पुरानो संस्थाले सम्झौता गरी काम अघि बढाइरहेका बेला अर्को उपभोक्ता समिति गठन भएपछि विवाद भएको बताउँदै अध्यक्ष पाण्डेले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको रोहबरमाा दुवै समितिबाट प्रतिनिधित्व हुने गरी काम अघि बढाउने सहमति भएको उहाँले जानकारी दिनुभयो । 

आयोजना निर्माण सम्पन्न भएपछि यहाँका दुई सय ६५ घरपरिवार शुद्ध पिउने पानीको पहुँचमा पुग्ने उहाँले बताउनुभयो । अहिले त्यस क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका छन् । आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा छालाका रोगहरु, आन्द्रा, दाँतको सङ्क्रमणसँगै दीर्घकालीन आर्सेनिकोसिस रोग लागि छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहको चिकित्सकहरुको भनाइ छ । 

चिकित्सकहरुका अनुसार गर्भवती महिलालाई समेत आर्सेनिकयुक्त पानीले असर पु¥याउँछ । लगातार दुईदेखि १० वर्षसम्म आर्सेनिक धेरै भएको पानी खाने मानिसलाई रोग देखिन सक्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ । 

निर्धारित मापदण्डअनुसार पानी न्यूनतम् १० माइक्रोग्राम प्रतिलिटर आर्सेनिक भए बाह्य सरसफाइका लागि प्रयोग गर्न सकिने र न्यूनतम शून्य दशमलब ०५ माइक्रो प्रतिलिटर मात्रै पिउन योग्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले भने एक लिटरमा १० माइक्रो ग्रामसम्म आर्सेनिकयुक्त पानी पिउन योग्य मानेको छ । तर त्यस क्षेत्रमा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ३० देखि ५० पिपिएसम्म रहेको बताइएको छ । यो आयोजना सम्पन्न भएपछि शुद्ध पिउने पानी प्रयोग गर्न पाउनुका साथै रोगबाट पनि मुक्ती पाइने स्थानीय कमल हरिजनले बताउनुभयो ।

विसं. २०२२ सालदेखि बसोबास गर्दै आएका सुस्तावासी अहिलेसम्म शुद्ध पिउने पानीको पहुँचबाट वञ्चित छन् । पछिल्लो पटक तीनै तहका सरकारले यहाँको विकासमा ध्यान दिन थालेपछि सुस्तावासी हर्षित छन् । तर, आपसी विवादमा परेर विकासको कामलाई अवरोध गर्न नहुने स्थानीयवासीको माग छ । (रासस, मोहन पौडेल)