२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाह्री काट्नुस् भन्दै चियापसलेले मोदीलाई पठाए १०० भारु



अ+ अ-

काठमाडौं । भारतको महाराष्ट्रको बारामतीमा चियापसल चलाउने एक व्यक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाह्री कटाउनका लागि १०० भारुको मनीअर्डर पठाएका छन् । 

अनिल मोरे नामक ती व्यक्तिले लकडाउनका कारण कैयौं मानिसले काम गर्न नपाएको र रोजगारी बन्द भएको बताए । उनले प्रधानमन्त्रीलाई दाह्री बढाउनको साटो रोजगारी बढाउन भनेका छन् । 

उनले भने, ‘मोदीलाई दाह्री काट्नुस् भन्दै म आफ्नो कमाइबाट १०० भारु पठाइरहेको छु । उहाँले दाह्री हैन, रोजगारी बढाउनुपर्छ । मानिसहरूको स्वास्थ्य सुविधाका लागि खोप केन्द्र बढाउनुपर्छ । मानिसको समस्या समाधान गर्नुपर्छ ।’

अनिलले बारामतीमा एक निजी अस्पताल नजिक चियापसल चलाउने गरेका थिए । विगत डेढ वर्षदेखिको लकडाउनले गर्दा उनले काम गर्न पाएका छैनन् । 

अनि रिसाएर उनले प्रधानमन्त्री मोदीको नाममा रजिस्टर पत्र पठाएर आफ्नो माग राखेका हुन् । 

उनले कोरोनाबाट ज्यान गुमाउने सबै व्यक्तिको परिवारलाई पाँच लाख भारु सहयोग गर्न । लकडाउन बढेसँगै हरेक परिवारलाई ३० हजार भारु दिन पनि माग गरेका छन् ।