२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री बादलपत्नी प्रभावशाली मन्त्रालय पाउने



अ+ अ-

काठमाडौं । पूर्वमाओवादीका नेता एवंम पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट नैनकला थापाले प्रभावशाली मन्त्रालय पाएकी हुन् ।

यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण बादललगायत पूर्वमाओवादीका ७ जना मन्त्रीहरू पदमुक्त भएका थिए । रिक्त रहेका ७ मन्त्रालयमा सात जना थपेर प्रधानमन्त्रीले आज मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । यसक्रममा उनले पूर्वमाओवादी समूहबाट नैनकलालाई संचारमन्त्री  बनाउने भएका छन् । 

पूर्वमाओवादी समूहबाट प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बनाउने भएका हुन् ।