२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता



file photo
अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने, नेपालको संविधानको धारा ५३ बमोजिम राज्याका निर्देशक, सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व.२०७८/०७९ वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूचि रहेको छ । तर, ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।

यसअघि प्रधानमन्त्री र सभामुखबीच मङ्गलवार पनि छलफल भएको थियो। उक्त छलफलमा संसद्लाई प्रभावकारी बनाउने र सरकारले भोलि संसदमा पेश गर्न नीति तथा कार्यक्रमबारे छलफल भएको थियो।