२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप



अ+ अ-

दमौली । तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ३४ हजार ३०३ छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको थियो । 

स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुई हजार ७०० बालबालिकाले पूरा मात्रा लगाएका छन् । 

म्याग्दे गाउँपालिकाका एक हजार ४०४, घिरिङ गाउँपालिकाका एक हजार २०८, ऋषिङ गाउँपालिकाका दुई हजार २१, देवघाट गाउँपालिकाका एक हजार ४५४, बन्दीपुर गाउँपालिकाका एक हजार ७०४ र आँबुखैरेनी गाउँपालिकाका दुई हजार ३७९ बालबालिकाले पूरा मात्रा लगाएका छन् । 

पहिलो मात्रा लगाउनेको सङ्ख्या भने भानुमा तीन हजार ४८०, व्यासमा दश हजार ८०, म्याग्देमा एक हजार ५७७, शुक्लागण्डकीमा ६०० हजार ११०, भिमादमा तीन हजार ४७, घिरिङमा एक हजार ४१२, ऋषिङमा दुई हजार १६९, देवघाटमा एक हजार ७२९, बन्दीपुरमा दुई हजार ५३ र आँबुखैरेनीमा दुई हजार ७४६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दुई लाख नागरिकले लगाए पूरा मात्रा

यसैबीच १८ वर्षभन्दा माथिका दुई लाख बढीले कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाएका छन् । भानुका २६ हजार २५०, व्यासका ५५ हजार ७७९, म्याग्देका १४ हजार ३९, शुक्लागण्डकीका ३६ हजार ५४६ ले पूरा मात्रा खोप लगाएका छन् । 

भिमादका १७ हजार ८९३, घिरिङका आठ हजार ५५३, ऋषिङका ११ हजार २२४, देवघाटका आठ हजार ९४१, बन्दीपुरका ११ हजार ८४९ र आँबुखैरेनीका १५ हजार ८८७ ले पूरा मात्रा खोप लगाएका छन् । 

सात हजारलाई बुस्टर डोज

यसैगरी सात हजार ४३२ ले तेस्रो मात्रा ९बुस्टर० खोप लगाएका छन् । कोभिडसिल्डको तेस्रो मात्रा लगाउनेको सङ्ख्या छ हजार २५३, एक हजार १७५ ले भेरोसेल र चार जनाले जोन्सनको तेस्रो मात्रा खोप लगाएका छन् । रासस